बागमती प्रदेश सभाको बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रमुख सचिव खड्का अनुसार, आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो ।
प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट सार्वजनिक गर्ने तयारी गरेको र सोही कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए ।
प्रदेश सभाको बैठक यसअघि गत जेष्ठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।
