समाचार

मंगलबार दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । साता कारोबार आज तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ९८ करोड १०...

मकवानपुरमा ट्रक दुर्घटना हुँदा चालक घाइते

मकवानपुर । कान्तिलोकपथ राजमार्ग अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ भर्याङडाँडास्थित सोमबार राति सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । सोमबार राति १०ः४५ बजेको समयमा बाराको निजगढ़बाट काठमाडौंतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ८१८३ नम्वरको ६ चक्के ट्रक (इट्टा लोड) आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५००...

हेटौंडामा निर्माणाधिन स्वास्थ्य चौकी भवनको फलाम चोर्ने पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित निर्माणाधिन अवस्थामा रहेको स्वास्थ्य चौकी भवनको फलाम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुल्सिपुर नगरपालिका–११, बिजौरी घर भई हाल हेटौंडा बजारको सडक पेटिमा सुती हिड्ने २६ वर्षीय नारायण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय...

मकवानपुर–२ मा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तरगत लाभग्राही छनौट

मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत पर्ने पालिकाहरुका सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीहरु छनौट गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाको संयोजकत्वमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले लाभग्राहीको छनौट गरेको हो । बैठकले हेटौँडा उपमहानगरपालिकाको...

हेटौंडामा खुल्ला वक्तृत्वकला प्रतियोगिता, घिमिरे प्रथम

मकवानपुर । मकवानपुरको हेटौंडामा भएको जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिताको प्रथम आकृति घिमिरे भएकी छिन् । ‘युवा र नवप्रवर्तन’ शिर्षकमा जिल्ला युवा समिति मकवानपुरले सोमबार आयोजना गरेको उक्त प्रतियोगिताको प्रथम घिमिरे भएकी हुन् । यस्तै, प्रतियोगीतको द्धितियमा सरोज विक, तृतीयमा कृतिका लैडारी भएका छन् । प्रतियोगिताको प्रथम, द्धितीय र...

दुर्घटनामा परेर हेटौंडाका थिङ घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत पर्ने सिमलतालबाट त्रिशूली नदीमा टिपर खस्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा टिपर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, बसमाडीका ३२ वर्षीय प्रदीप थिङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१...

कांग्रेस महामन्त्री थापा जेष्ठ २९ गते मकवानपुर आउने

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा (ख) को आयोजनामा यही जेष्ठ २९ गते सोमबार हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा मकवानपुर आउन लागेका हुन् । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्षेत्र...

ए डिभिजन लिग अन्तरगत आज चार खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दुई वटा खेल रंगशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक/एक खेल हुनेछ । च्यासल मैदान, ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र विभागीय टोली एपीएफ फुटबल क्लबबीचमा...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।...

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि...