एमाले मकवानपुरको आयोजनामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम

तु खबर संवाददाता
२०८० जेष्ठ ३१, बुधबार १५:४२

मकवानपुर । नेकपा एमाले मकवानपुरले हेटौंडामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

सो क्रममा उनले अहिलेको समाज अराजकर्ताको बाटोतर्फ जाँदै गरेको बताए । उपमहासचिव ज्ञवालीले अहिले राष्ट्रिय राजनीति अप्ठेरो अवस्थामा पुगेको उल्लेख गर्दै एमालेभित्र पनि बैचारिक काम कम हुँदै गएको बताए ।

मुलक आर्थिक रुपमा बिरामी परेको भन्दै उनले सबै क्षेत्रका नागरिकहरु राष्ट्रिय हितका पक्षमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, भारती पाठक, एमालेका केन्द्रीय स्तरका नेताहरु डोरमणि पौडेल, केदार न्यौपाने लगायतकाको आतिथ्यता रहेको थियो ।

एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, सदस्यहरु, स्थानीय तहका अध्यक्षहरु, एमालेका भातृ संगठनका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरु लगायतकाको सहभागिता रहेको थियो ।