समाचार
प्रचण्ड र बाबुराम लगायतको नाममा कारण देखाऊ आदेश
काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर भएको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले उच्च...
बागमती प्रदेश : आश्रममा बसेका र सीमान्तकृतको स्वास्थ्य बिमा
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्र आश्रममा रहेका र सीमान्तकृत समुदायका सबै व्यक्तिको स्वास्थ्य बिमा गरिदिने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले यो समूहको स्वास्थ्य बिमा गर्ने गरी काम अगाडि बढाएको जनाएको छ । ज्येष्ठ नागरिक, अनाथ, बालगृहलगायतका आश्रममा रहेकाको पहिचान गरी स्वास्थ्य बिमा बापत लाग्ने खर्च प्रदेश सरकारले...
बागमतीमा जनता आवास कार्यक्रम अन्तरगत ११४० घर निर्माण
मकवानपुर । बागमती प्रदेशमा जनता आजास कार्यक्रम अन्तरगत १ हजार १४० घर निर्माण भएको छ । प्रदेशमा चालु आर्थिक वर्ष २०७९/०८० मा काठमाडौं उपत्यका बाहेककका १० जिल्लामा उक्त घर निर्माण भएको हो । प्रदेश सरकारले उक्त कार्यक्रम आर्थिक वर्ष २०७६/७७ मा सुरु गरेको हो । सरकारले चितवनमा ७६६, मकवानपुरमा...
हेटौंडामा ‘कोरा’ साइकलयात्रा हुँदै
मकवानपुर । हेटौंडामा आगामी असार ३० गते ‘कोरा’ साइकलयात्राको आयोजना गरिने भएको छ । उक्त साइकलयात्रा हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा हुने भएको हो । विश्वभरीका साइकलयात्रीहरुले स्थानीय मठ मन्दिरहरुको परिक्रमा गरी धार्मिक महोत्सवको रुपमा मनाइने ‘कोरा’ साइकलयात्रा हेटौंडामा पनि मनाउने भएको हो । साइकलयात्रामा कम्तिमा दुई सय जना...
हेटौंडामा गर्मीका कारण बन्द रहेको पठनपाठन आजबाट पुनः सुचारु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा अत्याधिक गर्मीका कारण केही दिनदेखि बन्द रहेको पठनपाठन आजबाट पुनः सुचारु भएको छ । बिगत केही दिनदेखि बन्द रहेको सामुदायिक तथा निजी विद्यालयहरुमा आजदेखि पुनः पठनपाठन सुचारु गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपानेका अनुसार, विहान र दिउँसो गरी दुई चरणमा...
मंगलबार २ हजारको विन्दुमा उक्लियो नेप्से
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २०१८ विन्दुमा उक्लिएको छ । लामो समयको अन्तरालपछि नेप्से इन्डेक्स २ हजारको विन्दुमा उक्लिएको हो । आज शेयर बजार १.६३ प्रतिशतले बढेर २ हजारको विन्दुमाथि उक्लिएको हो ।...
अश्लील तस्बिरमा युवतीको तस्बिर जोड्ने पक्राउ
काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्महरूमा युवतीको तस्बिर र नाम राखी नक्कली प्रोफाइल खोल्नुका साथै अश्लील तस्बिर तथा भिडियोहरूमा अनुहार जोडेर चरित्रहत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–१४ घर भएका ४२ वर्षीय रामकुमार सुनार रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी...
बोराभित्र सडेको अवस्थामा भेटियो महिलाको शव
दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र मंगलबार एक जना महिलाको शव फेला परेको छ । चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक महिलाको हाल नाम, थर, बखत पहिचान हुन सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेर...
नेपाल आमा पार्टी र नेपाल सुशासन पार्टीबीच एकता हुने
काठमाडौं । नेपाल आमा पार्टी र नेपाल सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । मंगलबार दुई दलले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी पार्टी एकताबारे जानकारी गराएको हो । उक्त वैकल्पिक राजनैतिक शक्ति निर्माणमा सहभागी हुन देशभक्त राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा र स्वतन्त्र नागरिकलाईसमेत आह्वान गरिएको छ...
मनहरीका महिलालाई सिलाई मेशिन तथा प्रमाणपत्र प्रदान
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा ४५ दिने एडभान्स सिलाई कटाई सीप सिकेका महिलाहरूलाई मंगलबार सिलाई मेशिन तथा प्रमाणपत्र प्रदान गरिएको छ । महिला सशक्तीकरण तथा गरिबी निवारण समूह मकवानपुरको आयोजना तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा गत बैशाख २५ गतेबाट मनहरी बजारमा भएको ४५ दिने एडभान्स तालिम समापन कार्यक्रमपश्चात् सीप...









