नेपाल आमा पार्टी र नेपाल सुशासन पार्टीबीच एकता हुने

तु खबर संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १५:५१

काठमाडौं । नेपाल आमा पार्टी र नेपाल सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । मंगलबार दुई दलले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी पार्टी एकताबारे जानकारी गराएको हो ।

उक्त वैकल्पिक राजनैतिक शक्ति निर्माणमा सहभागी हुन देशभक्त राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा र स्वतन्त्र नागरिकलाईसमेत आह्वान गरिएको छ ।

‘निर्वाचन आयोगमा दल दर्ता नं. १८ को नेपाल आमा पार्टी र दल दर्ता नं. १७७ को नेपाल सुशासन पार्टी निकट भविष्यमै एकीकरण हुने र यस सम्वन्धमा वार्ता अन्तिम चरणमा पुगेको घोषणा गर्न र वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आह्वान गर्न हामी उपस्थित भएका छौं,’ नेपाल आमा पार्टीका महासचिव विश्वनाथ गौतम र नेपाल सुशासन पार्टीका महासचिव गोविन्द गिरीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।