समाचार

अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, पर्सा, भोजपुर, मोरङ, सर्लाही, इलाम र झापा गरी सात छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, स्थित नागढुङ्गा चेक प्वाईन्टबाट अवैध लागूऔषध चरेश ७८० ग्राम र...

सरकारको बजेटमाथि सामान्य छलफल प्रारम्भ

काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उक्त छलफलमाथि...

अंग्रेजी, विज्ञान र गणितमा स्तरीकृत परीक्षा प्रणाली लागू

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन । बजारमा पाइने गाइड, गेसपेसर जस्ता...

हेटौंडा–३ मा निःशुल्क जनरल हेल्थ जाँच स्वास्थ्य शिविर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ मा सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । हेटौंडा–३ को वडा कार्यालय र बसामाडी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा एक दिने निःशुल्क जनरल हेल्थ जाँच स्वास्थ्य शिविर भएको हो । विभिन्न रोगबाट समस्या भोग्दै आएका उक्त क्षेत्रका नागरिकले डाक्टरहरुबाट निःशुल्क रुपमा...

‘पित्रृ सतात्मक सोच र संस्कार परिवर्तन नभएसम्म बिभेद अन्त्य हुँदैन’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले समाजमा लामो समयदेखी जरो गाड्दै आएको पित्रृ सतात्मक सोच र संस्कार परिवर्तन नभएसम्म महिला र पुरुषको बिभेद अन्त्य नहुने बताएका छन् । राष्ट्रिय महिला आयोगद्वारा सोमबार सामाजिक विकास मन्त्रालयमा आयोजित “महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनैनिक दलका प्रमुख एवम् सरोकारवाला निकायसंगको...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि

काठमाडौं । निर्वाचन आयोगले आफ्नो जिल्लास्थित संरचना खारेज गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जिल्ला निर्वाचन आयोगहरु खारेज गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । बिना अध्ययन, तयारी र वैकल्पिक व्यवस्थापनको आधारसमेत खडा नगरी भएको खारेजीको...

अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं । अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका–९, रासा घर भई भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउत रहेका छन् । राउतले टिकटकमार्फत साथी बनेर एक जना युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेको...

हेटौंडामा मनाइयो विश्व वातावरण दिवस

मकवानपुर । हेटौंडामा ‘प्लास्टिकजन्य प्रदुषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ ५१ औं विश्व वातावरण दिवस मनाइएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा सोमबार उक्त दिवस मनाइएको हो । समितिले उक्त दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी आज समापन गरेको छ ।...

सोमबार नेप्से १७.३८ अंकले घटयो

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । आइतबार ५० अंकमाथि पुगेको शेयर बजार आज १७.३८ अंकले घटेर १९०१.९९ को विन्दुमा कायम भएको छ । आज २२७ सूचीकृत कमपनीका ५६ लाख लाख २० हजार ३८१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ९७...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भएको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार...