आज यी प्रदेशमा वर्षाको सम्भावना, गर्मी कायमै रहने
२०८० जेष्ठ ३१, बुधबार ०८:०७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले वर्षाका बाबजुद देशका अधिकांश भू–भागमा गर्मी कायमै रहने जनाएको छ ।
