समाचार

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएको दुबै सदनको बैठक आज बस्ने भएको हो । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १ बजेपछि बस्ने भएको हो । आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी...

शरणार्थी प्रकरण : आरोपीमाथि आज पनि थुनछेक बहस जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबारबाट सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायायधिस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस...

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते

पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा आइतबार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलममा र एक जनाको उपचारको क्रममा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । मृत्यु...

आज वातावरण दिवस मनाइँदै

काठमाडौं । आज जुन ५ अर्थात विश्व वातावरण दिवस । प्रत्येक वर्ष झै यस वर्ष पनि जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ...

हेटौंडामा जनप्रतिनिधी तथा कर्मचारीका लागि प्रवोधिकरण तथा प्रोत्साहन कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशका युवामैत्री स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि दुई दिने प्रवोधिकरण तथा प्रोत्साहन कार्यक्रम आजबाट सुरु भएको छ । कार्यक्रम प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा भएको हो । स्थानीय तहमा युवामैत्री स्थानीय शासन प्रर्वद्धन गर्न, वडा युवा क्लब निर्माण तथा नमुना युवा...

राज्यकोषको दुरुपयोगः वडाको भवन उद्घाटन गर्न मुख्यमन्त्री र मन्त्रीको टोली

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित प्रदेशका मन्त्रीहरु सिन्धुलीमा आज एउटै मञ्चमा देखिए । आइतबार मुख्यमन्त्री जम्कट्टेलसहित प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ र उर्जा सिचाई तथा खानेपानीमन्त्री तीर्थ लामा एउटै मञ्चमा देखिएका हुन् । मरिण गाउँपालिका–२ नम्वर वडाको भवन उद्घाटन गर्न मुख्यमन्त्री र थप दुई मन्त्री...

रास्वपाद्वारा डेंगु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेंगु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेंगु रोग फैलन नदिन यस वर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव...

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट केही दिन अघि प्रमाणीकरण भएको नागरिकता विधेयक (ऐन) तत्काल कार्यन्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइबतार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले ऐन कार्यानवयन नगर्न अन्तरिम आदेश दिन नपर्ने भए के...

अवैध लागूऔषधसहित ६ जना प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, रुपन्देही, कैलाली र भोजपुर गरी चार छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो...

हेटौंडामा वातावरण दिवसको अवसरमा साइकल र्याली

मकवानपुर । मकवानपुरको हेटौंडामा विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली कार्यक्रम भएको छ । उक्त कार्यक्रम दीगो विकास संस्थाको आयोजना तथा विश्वविद्यालय तहमा वनविज्ञान विषय अध्ययनरत विद्यार्थीको व्यवस्थापनमा भएको हो । बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रचौरबाट सुरु भएको साइकल र्याली मेनरोड, सीमाचोक, बुद्धचोक, कान्तिराजपथ, संगमचोक, मानसचोक, मनकामनाचोक,...