हेटौंडामा स्पाइनल इन्जरी भएका व्यक्तिहरुलाई दुई दिने कार्यक्रम
मकवानपुर । हेटौंडामा स्पाइनल इन्जरी भएका व्यक्तिहरुका लागि क्षमता विकास तथा अधिकारसम्बन्धी दुई दिने कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम बागमती प्रदेश समाजिक विकास मन्त्रालयको आर्थिक सहयोग एवम् ग्रामीण महिला सेवा केन्द्र हेटौंडाको आयोजनामा भएको हो । संस्थाको सभाहल हेटौंडा–५ मा आइतबारबाट सुरु भएको हो ।
कार्यक्रम ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष बद्री विक्रम थापाको सभाध्यक्षता तथा बागमती प्रदेश सदस्य एवम् निवर्तमान श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, समाजिक विकास मन्त्तालयबाट चन्द्रा कुमारी ब्यन्जनकार, अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्साल, अपाङ्ग स्वावलम्बन जिवन पद्धती केन्द्रका अध्यक्ष दिलबहादुर स्याङबोलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
२०७८ सालमा स्थापना भएको उक्त संस्थाले मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई मेरुदण्ड पक्षघातसम्बन्धी जानकारी गराउनुका साथै उनीहरुलाई शारिरीक, मानसिक, आर्थिक तथा सामाजिक रुपमा सक्रिय र स्वावलम्वन बनाउने र राज्यबाट प्राप्त हकअधिकार सुनिश्चित गराउन सहयोग गर्दछ । उक्त संस्था जिल्ला प्रहरी कार्यालय मकवानपुर र समाज कल्याण परिषद्मा दर्ता छ ।
