समाचार

गर्मी बढेसँगै बकैयामा आजबाट एक साता विद्यालय बन्द

मकवानपुर । अत्यधिक गर्मीको कारण मकवानपुरको बकैया गाउँपालिकामा आइतबारदेखि एक साताका लागि सबै विद्यालय बन्द हुने भएको छ । बकैया गाउँ शिक्षा समिति मकवानपुरको निर्णय अनुसार, आजबाट बकैया गाउँपालिका भित्र रहेकोसम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साता बन्द हुने भएको हो । गाउँपालिकाले अत्यधिक गर्मीको कारण विद्यार्थीहरुका स्वास्थ्यमा समस्या...

ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज चार खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई वटा खेल, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक/एक खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खुमलटार र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।...

बजेटमाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ...

५२ दलले गरेनन् लेखा परीक्षण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो। आयोगले लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न र त्यसको सात दिनभित्र सो सम्बन्धमा जानकारी गराउन वैशाख २८ गते राजनीतिक दललाई निर्देशन दिएको थियो । आयोगको कानुन...

लागूऔषधसहित २ जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित प्रहरीले दुुई जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका–५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो । शंकाका आधारमा चेकजाँच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै,...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

लुम्बिनी । बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिकै शनिबार सवारी दुर्घटनामा परेर दुई युवकको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

हेटौंडाका विद्यालय आजबाट ६ दिनका लागि बन्द

मकवानपुर । केही दिनयता गर्मी बढेसँगै हेटौंडा उपमहानगरपालिकाका निजी तथा सामुदायिक विद्यालय आजबाट ६ दिन बन्द हुने भएको छ । अत्यधिक गर्मी बढेकाले हेटौंडा उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र ।हृकाृ निजी तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअघि उपमहानगरपालिकाले शुक्रबार निर्णय गर्दै आ–आफ्नो क्षेत्रमा वडा कार्यालयलाई नै विदा...

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । गत शुक्रबार वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता रिटमा अघिल्लो संसद्बाट पारित भएको नागरिकता...

अपडेट : हेटौंडामा भेटिएको शवको सनाखत

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान भेटिएको शवको सनाखत भएको छ । बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, राईटोलबाट गढीस्थित मनकामना जाने बाटोको जंगलमा भेटिएको शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त शव जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ देउराली...