समाचार

अवैध लागऔषधसहित चार जना पक्राउ

मकवानपुर । नेपाल प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सप्तरी र कञ्चनपुर गरी दुई छ्ट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो । प्रहरीले सप्तरीको बोदेबरसाईन नगरपालिका–२ बैरीया टोलबाट अवैध लागूऔषध गाँजा ७५० ग्रामसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

हेटौंडामा चलचित्र ‘नम्बरी सुन’ को प्रिमियर शो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार बिहान नेपाली चलचित्र ‘नम्बरी सुन’ को प्रिमियर शो भएको छ । हेटौंडा निवासी नारायण खातीले निर्माण गरेको उक्त चलचित्र पहिलो शो नै हेटौंडामा गरिएको हो । हेटौंडाको ओम्याक्स सिनेमा घरमा चलचित्रको प्रिमियर गरिएको हो । आफ्नो ठाउँमा आफुले बनाएको चलचित्रलाई प्रिमियर गरी...

वातावरण दिवसको अवसरमा साइकल र्याली

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार बिहान हेटौंडामा साइकल र्याली कार्यक्रम भएको छ । विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत आज बिहान वातावरणीय सचेतनामूलक साइकल र्याली कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरबाट सुरु भएको साइकल र्याली कान्तिराजपथ, नागस्वती, कमाने, हुप्रचौर हुँदै...

मैनाली समाज नेपाल मकवानपुरको अध्यक्षमा ईश्वर मैनाली

मकवानपुर । मैनाली समाज नेपाल मकवानपुरको अध्यक्षमा ईश्वर मैनाली सर्वसम्मत चयन भएका छन् । समाजको शनिबार भएको सातौं साधारण सभा एवम् चौथो जिल्ला अधिवेशनबाट मैनालीको संयोजकत्वमा १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो । त्यस्तै, समाजको उपाध्यक्षमा इवाकर मैनाली, गीता मैनाली, सचिवमा लक्ष्मण मैनाली, सह– सचिवमा मन्जु मैनाली र कोषाध्यक्षमा...

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

काठमाडौं । विवेकशील साझाको प्रवक्तामा केन्द्रीय सदस्य आशुतोष प्रधान नियुक्त भएका छन् । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो । विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन । त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन ‘का पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता...

अमेरिकी भिसाहरूको आवेदन शुल्क बढ्यो

काठमाडौं । अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ । यही जुन १७ तारिखदेखि लागू हुनेगरी आवेदन शुल्क वृद्धि भएको हो । भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालस्थित अमेरिकी...

गुडिरहेको गाडीबाट खसेर एक महिलाको ज्यान गयो

भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१ च. ५३०१ नम्वरको गाडीमा सवार एक महिलाको खसेर ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, गाडीबाट खसेर घाइते भएकी उनको सल्लाद्वारीस्थित डा...

हेटौंडाको राजपानी पार्कमा बृक्षारोपण

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा आयोजित सप्ताव्यापी कार्यक्रम अन्तर्गत आज मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ राजपानी पार्कमा आज बृक्षारोपण गरिएको छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र वडा समन्वय समिति हेटौंडा–८ को संयोजन तथा राजपानी टोल विकास संस्था र कञ्चनजंघा बाल समूहको आयोजनामा...

हेटौंडामा सम्पन्न पुरुष भलिबलको उपाधि एपीएफले हात पार्यो

मकवानपुर । स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हेटौंडामा भएको ‘खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८०’ को उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ । शनिबार बिहान हेटौंडा–४, हुप्रचौरमा सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफ क्लबले उपाधि हात...

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ । च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बीचमा...