जसपाले अन्तर्घातीलाई कारबाही गर्ने

तु खबर संवाददाता
२०८० जेष्ठ २८, आईतवार १८:४०

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

कार्यकारिणी समितिको शनिबार बसेको बैठकले चुनावमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई विधानमा भएको व्यवस्थाअनुसार कारबाही गर्ने भएको राष्ट्रिय सभाका सदस्य एवम् जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिए ।

केन्द्रीय कमिटीका अनुसार पार्टीको विधानमा भएको व्यवस्थाअनुसार जो जहाँका समितिमा आबद्ध छन्, त्यही समितिले कारबाही गर्ने निर्णय भएको छ । स्थानीय तहमा रहेकालाई स्थानीय समिति, जिल्लामा रहेकालाई जिल्ला समन्वय समिति, प्रदेशमा रहेकालाई प्रदेश समिति तथा केन्द्रमा रहेकालाई केन्द्रीय कमिटीले कारबाही गर्ने बताइएको छ ।