४० अंकले बढ्यो शेयर बजार, साढे ३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च अंकको बढोत्तरी भएको छ । गत साता घटबढको उतारचढाव देखिएको नेप्से परिसूचक आज ४० अंकले बढेर १९८० को विन्दुमा पुगेर रोकिएको छ ।
आज नेप्सेमा सूचीकृत २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
यस्तै, आज नेप्सेमा रहेका १३ वटै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक फाइनान्स इन्डेक्स ५.७२ प्रतिशत र लगानी इन्डेक्स ५.११ प्रतिशतले बृद्धि भएको छ ।
