ढुंगा प्रहार गरी पुरुषको हत्या, २ जना पक्राउ
बुटवल । कुटपिटबाट बुटवल उपमहानगरपालिका–११ स्थित देवीनगरमा एक पुरुषको हत्या भएको छ । पुरानो ट्रायल सेन्टरको पछाडि रहेको तिनाउ नदीको बगरमा ढुङ्गा प्रहार गरी हत्या गरेको अवस्थामा एक जना पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
हत्या हुनेमा अन्दाजी ३६ वर्षीय पुरुष रहेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार, उनको हाल नाम, थर, बखन पहिचान हुन सकेको छैन ।
प्रहरीले हत्याको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
