लागूऔषध कारोबारमा संलग्न गिरोहीमाथि प्रहरीले चलायो गोली
काठमाडौं । काठमाडौंमा लागूऔषध ओसारपसारमा संलग्न गिरोहीमाथि प्रहरीले गोली चलाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसारपसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर भगत घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
भगतबाट प्रहरीले १०० ग्राम लागूऔषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरीको टोलीले भगतलाई पछ्याएको थियो ।
भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो । प्रहरीका अनुसार, भगतले प्रहरी टोलीमाथिआक्रमण गरेपछि गोली चलाइएको हो । उनी धरानबाट आजै मात्रै काठमाडौं आएका थिए ।
