अर्थ समिति र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० जेष्ठ २९, सोमबार १०:०२
file-photo

काठमाडौं । अर्थ समितिको बैठक सोमबार बस्दैछ । बैठक आज बिहान १० बजेबाट सिंहदरबारमा शुरु हुनेछ । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, आज नै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

आजको बैठकमा एकीकृत निर्वाचन कानुन तर्जुमा सम्बन्धमा, जिल्ला निर्वाचन कार्यालय खारेजीको सम्बन्धमा आयोगको धारणाका विषयमा र निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारको विषयमा छलफल हुनेछ ।