बोराभित्र सडेको अवस्थामा भेटियो महिलाको शव

तु खबर संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १५:५६

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र मंगलबार एक जना महिलाको शव फेला परेको छ ।

चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक महिलाको हाल नाम, थर, बखत पहिचान हुन सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।