कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्का पाए

तु खबर संवाददाता
२०८० जेष्ठ ३१, बुधबार १५:२७
file-photo

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् ।

सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् । सभापति देउवा स्वास्थ्य जाँचका लागि गएराति सिंगापुर प्रस्थान गरेका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको नेपाली कांग्रेसले जनाएको छ ।