नेता वर्षमान पुन असार १ मा नेपाल आउने

तु खबर संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार ०९:४७
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन असार १ गते भोलि शुक्रबार नेपाल आउने भएका छन् । लामो समयदेखि चीनमा उपचार गराएका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् ।

उनी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

पूर्व अर्थ तथा ऊर्जा मन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत फागुन १ मा चीन गएका थिए ।