‘किताबखाना र प्रदेश निजामति सेवा ऐन स्थापनाले संघीयतालाई मजबुद्ध बनाउँछ’

तु खबर संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १७:१०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा राष्ट्रिय किताबखाना र प्रदेश निजामती सेवा ऐन स्थापनाले संघीयतालाई मजबुद्ध बनाउने बताएका छन् ।

मुख्यमन्त्री जम्मकट्टेलले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा आयोजित प्रदेश लोकसेवा आयोगबाट नियुक्त कर्मचारीहरुको वैयक्तिक विवरण (पिआईएस) वितरण कार्यको सुरुवात कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले संघीयता कार्यान्वयनको मुख्य पाटोको रूपमा रहेको कर्मचारीहरूको प्रशासनिक अभिलेख जरुरी रहेको उल्लेख गरे ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश र प्रदेशभित्रका स्थानीय तहमा नियुक्त वा बढुवा हुने कर्मचारीहरूको व्यवस्थित अभिलेख राख्न प्रदेश किताबखाना स्थापनाले ठूलो सहयोग पुर्याएको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत प्रदेश कितावखाना स्थापना भई कार्य संचालनमा रहेको बताउँदै उनले प्रदेशभित्र समायोजन भएर आएका कर्मचारीहरुलाई यसले अपग्रेड गर्न सहयोग पुगेको बताए ।

सो क्रममा प्रदेशका मुख्य सचिव मुकुन्द निरौलाले प्रदेश किताबखानाबाट आवश्यक प्राविधिक कार्य गरी जेष्ठ ३१ गते बुधबारदेखि कर्मचारीहरूको वैयक्तिक विवरण फारममा संकेत नम्बर कायम गरिएको जानकारी गराए ।