कोशी प्रदेशद्वारा ३६ अर्ब २४ करोडको अनुमानित बजेट सार्वजनिक

तु खबर संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १७:५८
file-photo

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

उक्त बजेट बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक गरेका हुन् । जसमध्ये चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ ।

यस्तै, श्रोततर्फ राजस्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, वित्त समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकी अपुग रकममा बचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको छ ।

सार्वजनिक बजेटमा कृषि क्षेत्रतर्फ २ अर्ब ७ करोड, उद्योग क्षेत्रतर्फ ४३ करोड २३ लाख, सडक पूर्वाधार विकासतर्फ ११ अर्ब ४१ करोड, खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रतर्फ ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रतर्फ ३ अर्ब ७ करोड विनियोजन भएको छ ।

यसैगरी, शिक्षा र सामाजिक क्षेत्रतर्फ १ अर्ब ७९ करोड, वन तथा वातावरण क्षेत्रतर्फ १ अर्ब ८१ करोड, सुशासनतर्फ ९७ करोड बजेट विनियोजन भएको छ । कोशी प्रदेश सभा सदस्य पूर्वाधारका लागि १ अर्ब ५० करोड बजेट विनियोजन भएको छ ।