हेटौंडाका थापा पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टबाट प्रहरीले बुधबार लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा–१५, पारिश्रमिक टोल बस्ने ४० वर्षीय राम थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
थापालाई विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले २ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
