हेटौंडामा रोकियो बालविवाह, २० वर्ष पुगेसी विवाह गर्ने सहमति

तु खबर संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १९:०६
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा एक जोडीको बालविवाह रोकिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा २५ गते विवाह हुन लागेको बालविवाह वडाको पहलमा रोकिएको हो ।

हेटौंडा–१० का १७ वर्षीय बालिका र १९ वर्षीय बालकबीच हुन लागेको विवाह रोकिएको हेटौंडा–१० का बालमैत्री वडा सहजकर्ता सविता विष्टले जानकारी दिइन् ।

उनका अनुसार, उनीहरुले गत वर्ष भागी विवाह गरिसकेको बुझिएको छ । बालिका पक्षको अभिभावकको सहमति नभएपछि हिन्दू परम्पराअनुसार विवाह हुन सकेको थिएन । अहिले भने अभिभावकको सहमति भएपछि विवाह हुन लागेको थियो ।

दुबै पक्षको अभिभावकको सहमतिपछि उनीहरुको विवाह २० वर्ष पुगेपछि मात्रै गरिने भएको छ ।