समाचार
आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार, सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...
कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न पदाधिकार र पूर्व पदाधिकारीको बैठक बस्न लागेको पार्टीका महामन्त्री गगन थापाले जानकारी दिए...
मकवानपुर प्रहरीद्वारा अवैध कपडा तथा खाद्यन्न बरामद
मकवानपुर । मकवानपुर प्रहरीले अबैध भन्सार छलिचोरी पैठारी गरी ल्याईएको अवैध कपडा तथा खाद्यन्न बरामद गरेको छ । प्रहरीले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नमवर १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सडकखण्डबाट अवैध कपडा बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले...
मकवानपुरमा एक घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं.२ सुलिकोटमा आइतबार एक घरमा आगलागी भएको छ । स्थानीय ६८ वर्षीय चन्द्र बहादुर वाईबाको काठ, ढुङ्गामाटोले बनेको दुई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, अचानक बिजुली सर्ट भएर घरमा आगलागी भएको र ग्यास सिलिण्डर समेत पड्किएको...
खोलाले बगाउँदा मकवानपुरका दोङको मृत्यु
मकवानपुर । मकवानपुरमा खोलाले बगाउँदा आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बागमती गाउँपालिका–१ स्थित ठुलोगुर्दुङ बस्ने अन्दाजी ४६ बर्षीय लघुदोर्जे दोङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आइतबार बागमती खोला तर्ने क्रममा अचानक...
बागमती प्रदेश प्रमुखद्वारा दुई वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधार २ बमोजिम प्रदेश सभाबाट हालै पारित भई आएको दुई वटा अर्थ सम्बन्धि विधेयकलाई आइतबार प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेश सरकारको अर्थ सम्बन्धि...
अवैध गाँजासहित हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ कर्राबाट लागूऔषध गाँजा १०० किलो ६०० ग्रामसहितसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ३ बस्ने बर्ष ३७ को दुर्गा दर्जी रहेको...
जयनगर– जनकपुरको रेल्वे सेवा विस्तार
जनकपुर । नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफ्नो क्षेत्र विस्तार गरेको छ । जसअनुसार आजदेखि उक्त रेल आफनो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म पनि संचालन भएको छ । उक्त रेल सेवा जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको हो । उक्त रेल सेवाको उद्घाटन...
दुर्घटनामा परेर एक बालिकाको मृत्यु, ११ जना घाइते
पर्वत । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङको गौडामुनिमा गएराति जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नंको जीप दुर्घटनामा हुँदा कुश्मा–३ की ७ वर्षीया बालिका शीतल विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय...
करेन्ट लागेर ५ जना बोलबम यात्रीको मृत्यु
काठमाडौं । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ । उक्त घटना उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति भएको हो । बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो । करेन्ट लाग्दा १० जना गम्भीर...










