समाचार
कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा तय
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार, केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्द ढुंगानाले...
नेपाल टप हुने विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाद्वारा सम्मान
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले विभिन्न संकायमा अध्ययन गरी उच्च अंकसहित नेपाल टप हुने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यार्थीलाई अध्यापनका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यसहित उपमहानगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिए सातौं सेमष्टरमा सहभागी हेटौंडा–९ की सृष्टी...
सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ । यस्तै, आज २५७ कम्पनीको ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको...
कांग्रेसको पदाधिकारी बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक हाल जारी छ । बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको हो । भोलि (मंगलबार) बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न बैठक बसेको हो । एक वर्षपछि बस्न लागेको केन्द्रीय कमिटी बैठकका लागि पदाधिकारीहरुबीच छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए ।...
ललिता निवास प्रकरण : सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा
काठमाडौं । ललिता निवास जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्ते लगायतको कसुरमा हिरासतमा रहेका बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारको सुनुवाइ नसकिएपछि मंगलबार उक्त रिटहरुलाई हेर्दाहेर्दैमा राखिएको हो । सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र...
९ प्रहरी कर्मचारीलाई विशेष बढुवा पुरस्कार
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् । आर्थिक वर्षको अन्तिम दिन असार ३१ गतेको निर्णय अनुसार कुँवरले ९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका हुन् । कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक...
हेटौंडा अस्पतालमा २ वटा डाइलासिस मेसिन थपियो
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा दुई वटा डाइलासिस मेसिन थप गरिएको छ । अस्पतालमा सोमबारबाट दुई वटा डाइलासिस मेसिन थप गरिएको हो । मृर्गौलाका बिरामीहरूलाई दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउनका लागि हेटौंडा उपमहानगरपालिकाको पहलमा ती मेसिन थप गरिएको हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर...
हेटौंडामा अटो दुर्घटना हुँदा तीन जना घाइते
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ सान्नानटारस्थित आज दिउँसो सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तपोवनबाट सान्नानटारतर्फ आउँदै गरेको ना २ ह २५८३ नम्वरको अटो आँफै अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...
प्रतिनिधि सभाको बैठक साउन १० गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी साउन १० गतेसम्मका लागि स्थगित भएको छ । साउन १० गते बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । आइतबारको बैठकमा अनुचित लेनदेन मिटर ब्याजसम्बन्धी विधेयक “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” सर्वसम्मतिले पारित भएको छ । यस्तै,...
आजबाट मकवानपुरका तीन पालिकामा सुर्तीजन्य पदार्थ निषेध
मकवानपुर । मकवनपुरका केही स्थानीय तहले आजबाट लागू हुने गरी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाले सुर्तीजन्य पदार्थहरुमा प्रतिबन्ध लगाएको हो । जिल्लाको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको हो । यस्तै,...









