समाचार
विभिन्न विधामा योगदान पुर्याउने ६ जना पुरस्कृत हुने
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधामा यागदान पुर्याउने ६ जनालाई पुरस्कार वितरण तथा सम्मान गर्ने भएको छ । मातृभूमि समाजले आगामी साउन ५ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई पुरस्कार वितरण तथा सम्मान गर्ने भएको हो । समाजका अध्यक्ष माधव पोखरेलका अनुसार, मकवानपुरका वरिष्ठ साहित्यकार आरआर...
हेटौंडा राइडर्स क्लबको आयोजनामा कोरा साइकल र्याली
मकवानपुर । हेटौंडा राइडर्स क्लबले शनिबार कोरा साइकल र्यालीको आयोजना गरेको छ । राइडर्सले संसारभर जुुलाई १६ मा आयोजना हुने कोरा साइकल र्याली नेपालभर र हेटौंडामा पनि एकदिन अगाडि नै आयोजना गरेको हो । विशेष गरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गरेको कोरा साइकल र्यालीमा २०...
मकवानपुरकी लामिछानेसहित ७ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा शनिबार एकैदिन विभिन्न घटनामा परेर ७ जनाको मृत्यु भएको छ । दोलखा, सिन्धुली, चितवन, काभ्रे, रामेछाप, धादिङ र मकवानपुरमा एक–एक जना गरी ७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, डुबेर ३ जना, झुण्डिएर ३ जनाको मृत्यु भएको छ भने...
मकवानपुरबाट अवैध गाँजासहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित शनिबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ७ मनहरीखोलास्थित बगरबाट लागूऔषध गाँजा ३ किलो २६० ग्रँमसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जितपुर–सिमरा उपमहानगरपालिका–९ शान्ती टोल बस्ने १९ वर्षीय राहुल कुमार बैठा रहेका छन्...
कोरियाको ‘सिप बिल्डिङ’ क्षेत्रको परीक्षा कात्तिकमा
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण (सिप बिल्डिङ) का लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ । कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज...
आज सातै प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनुका साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत...
बकैयामा साउन १ गतेबाट सूर्ती र मदिरा सेवनमा रोक
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी साउन १ गतेबाट सूर्ती र मदिरा सेवनमा रोक लगाउने भएको छ । गाउँपालिकालाई लागूऔषध मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न लागूऔषधसहित सूर्ती र मदिरा सेवनमा रोक लगाउन लागिएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । जारी सूचनामा भनिएको छ,‘लागूपदार्थ...
एक जना पुरुष मृत अवस्थामा फेला
ढोरपाटन । बागलुङमा आज बिहान एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त शव ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको रहेका छन् । आज बिहान ८ बजे खरबारीको...
देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ, कुन प्रदेशमा कति सकियो ?
काठमाडौं । देशभर हालसम्म ५३ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार २९ गते उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभर जम्मा ५३ प्रतिशत मात्र रोपाइँ सकिएको पाइएको हो । मन्त्रालयका अनुसार, १३ लाख ५७ हजार हेक्टरमध्ये ७ लाख १८ हजार हेक्टरमा मात्र धान रोपाइँ...









