समाचार

बाढीले दशजगामा रहेको सीमा स्तम्भ बगायो

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०–१५ नम्वरको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनका अनुसार, शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको...

पराजुलीको मोम्चो कथा सङ्ग्रहमाथि अन्तरक्रिया

मकवानपुर । पत्रकार तथा साहित्यकार बसन्त पराजुलीको कथा सङ्ग्रह मोम्चोमाथि अन्तरक्रिया गरिएको छ । किताबघर हेटौंंडाको आयोजनामा शनिबार साहित्यकार हरि पौडेल र नीरा शर्माले पराजुलीको कथा सङग्रहमाथि समालोचनात्मक टिप्पणी गरेका थिए । साहित्यकार पौडेलले सङ्ग्रहका अधिकांश कथामा महिला केन्द्रित समस्यालाई उठान गरिएको बताए । ‘समाजका हरेक क्षेत्रमा महिला विभिन्न...

बागमती गाउँपालिकाद्वारा ६ जना सुकुम्वासीलाई लालपुर्जा वितरण

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले ६ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण गरेको छ । शुक्रबार सम्पन्न पालिकाको दशौं गाउँसभामा बागमती गाउँपालिका वडा नम्वर ३ का ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो । लालपुर्जा प्राप्त गर्नेहरुमा क्रमशः वीरबहादुर भोलन, मंगलबहादुर बिक, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङतान, तेजबहादुर...

बैङ्क तथा वित्तीय संस्था शनिबार पनि खुल्ला

काठमाडौं । आज पनि बैङ्क तथा वित्तीय संस्थाहरू पनि खुल्ला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा दिँदै शनिबार पनि बैङ्क तथा वित्तीय संस्था खु,ला नै रहने भएका हुन् । नेपाल राष्ट्र बैङ्कले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैङ्क तथा...

बालुवाटार पुगेर विप्लव गरे सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सो क्रममा विप्लवले पत्नी वियोगमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरु रेणु र गङ्गा दाहालप्रति समवेदना प्रकट गरेका थिए । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूको उपस्थिति...

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले आज बिहान पुनः बैठक बस्ने भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, बैठकमा मुलुकमा...

नेपालमा साउन १ गतेदेखि सःशुल्क विदेशी च्यानल बन्द हुने

काठमाडौं । सरकारले आगामी साउन १ गते अर्थात् सोमबारदेखि सबै सःशुल्क विदेशी च्यानल बन्द गर्ने भएको छ । सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । विभागका प्रवक्ता सुदीप भट्टराईले जारी गरेको सूचनामा ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागे बमोजिम बुकेहरु (च्यानलहरुको...

यस्तो रहनेछ आजको मौमस

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । यसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक च्यासल, ललितपुरस्थित पार्टीको मुख्य कार्यालयमा बस्ने भएको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठन निमार्णका बारेमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्...

परराष्ट्रमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु बिच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनले एमसीसी कार्यान्वयनबारे चर्चा गरेका गरेका छन् । भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नती र...