आज सुनचाँदी कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य प्रतितोलामा ३०० र चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो । हिजो आइतबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको थियो ।
यस्तै, आइतबार प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँको गिरावट आएको थियो ।
