समाचार

राष्ट्रपति पौडेल र चिनियाँ नेताबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य युआन जियाजुन र राष्ट्रपति रामचन्द्र पौडेलबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार अपरान्ह भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि...

नेकपा माओवादी केन्द्रका ५ नेता भारत प्रस्थान

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका एक साता लामो भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई भारत प्रस्थान गरेका हुन् । उनीहरु भाजपाको निमन्त्रणमा चनरथ गएका हुन् । उनीहरु भारतमा रहँदा ‘भाजपालाई चिन्नुस्)’ भन्ने कार्यक्रमका साथै...

पहिरोको कारण अवरुद्ध भैैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालन

मकवानपुर । भैैंसे–भीमफेदी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ३ पान्द्राङस्थित  आज अपराह्न गएको पहिरो पन्छाई यातायात संचालनमा ल्याइएको छ । आज अपराह्न वर्षासँगै खसेको पहिरोका कारण यातायात अवरुद्ध बनेको थियो । उक्त पहिरो पन्छाई केहीबेर अघिबाट पुनः यातायात संचालनमा ल्याएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका...

संघीय मामिला मन्त्रालयद्वारा २६ जना सह–सचिवको सरुवा (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सह–सचिवहरुको सरुवा गरेको छ । एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइताबार मन्त्रालयले २६ जना सह–सचिवको सरुवा निकालेको हो । हेर्नुहोस् सची ।

हेटौंडामा अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ सापकोटा टोलमा अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । सोही वडाको चौगडा बस्ने अन्दाजी ३० वर्षीय पुर्णबहादुर परियारको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, परियार शनिबार अचेत अवस्थामा भेटिएका थिए...

हेटौंडाबाट तीन जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाईन्टबाट अबैध मदिरासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा देश भारत बिहार मौजफपुर रामनगर ग्राम बस्ने अन्दाजी ३५ वर्षीय चन्दन साह, देश भारत बिहार सितामढी बस्ने २४ वर्षीय सुनिल कुमार र देश भारत बिहार सितामढी मेसोले ग्राम बस्ने ४०...

राष्ट्रिय परिचय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचपय पत्रलाई समेटेर केन्द्रीय ग्राहक पहिचान प्रणाली कार्यान्वयनमा ल्याइने जनाएको छ । बैंकका अनुसार, यसका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नेछ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले राष्ट्रिय परिचय पत्रलाई समेत केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा...

अफगानिस्तान बाढीमा परेर १२ जनाको मृत्यु, ४० बेपत्ता

काबुल । मध्य अफगानिस्तानमा भीषण वर्षासँगै आएको बाढीमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनका साथै अन्य ४० जना बेपत्ता भएका छन् । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार, मैदान वर्दक प्रान्तको जलरेज जिल्लामा बाढीमा परेर १२ जनाले ज्यान गुमाएका तथा ४० जना बेपत्ता भएका हुन् । बाढी प्रभावित क्षेत्रमा तत्काल...

नेप्से ६३ अंकले बढ्यो, ४ अर्ब ३७ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बढेको छ । आइतबार नेप्से सूचकांक ६३.२४ अंकले बढेर २ हजार २२७.१६ विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै कारोबार रकम पनि ४ अर्ब नाघेको छ । आज नेप्सेमा सूचीकृत कुल २६६ कम्पनीहरुको १...

ललिता निवास प्रकरण : नापी विभागका तत्कालीन कर्मचारी पक्राउ

काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । प्रहरीका अनुसार, श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान...