समाचार

बालबोध मावि हटियामा युवा रेडक्रस सर्कल पुनर्गठन

मकवानपुर । बालबोध माध्यमिक विद्यालय हटियामा ‘युवा रेडक्रस सर्कल’ पुनर्गठन गरिएको छ । अरुणा गर्तौलाको अध्यक्षमा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन गरेको हो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिवहरि दाहालको प्रमुख आतिथ्यमा तथा बालबोध माविका शिक्षक नायक शंकर भण्डारीको अध्यक्षतामा भएको हो । सो क्रममा नेपाल...

करेन्ट लागेर श्रेष्ठको मृत्यु

काठमाडौं । काठमाडौंको मण्डिखाटारमा शुक्रबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी–३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुढानिलकण्ठ–९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए...

संघीय संसदबाट पारित बजेटसम्बन्धी विधेयक सभामुखद्वारा प्रमाणित

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका आर्थिक वर्ष २०८०/०८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक...

वडा कार्यालयद्वारा किसानलाई उपकरण हस्तान्तरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ नम्बर वडा कार्यालयले कृषक समूहलाई कृषि उपकरणहरु हस्तान्तरण गरेको छ । कार्यालयले व्यवसायिक कृषितर्फ आक्रषण गर्न वडामा रहेका ५ वटा कृषक समूहलाई हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेको हो । ३ नम्बर वडा कार्यालयको अगुवाईमा गठन गरिएको कृषक समूहलाई हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी...

अमेरिकी सहायक विदेशमन्त्री र कांग्रेस सभापतिबीच भेटवार्ता

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार दिउँसो धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका हुन् । सभापति देउवाले सहायक विदेशमन्त्री लुसँग भेटघाट फलदायी भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । नेपाल–अमेरिका सम्बन्धलाई थप...

प्रतिनिधि सभामा राष्ट्रिय सभाको सन्देश प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ । प्रतिनिधि सभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको हो । उक्त विधेयक सभाका सचिव पद्यमप्रसाद...

१५ दिनदेखि बेपत्ता भएकी महिला मृत भेटिइन्

काठमाडौं । भक्तपुरमा १५ दिनदेखि बेपत्ता भएकी महिला मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको सूर्यविनायक नगरपालिका–७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटी मृत अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार, उनी बेपत्ता भएको भन्दै परिवारले खबर गरेपछि प्रहरीले विभिन्न स्थानमा सर्च अपरेशन चलाएको थियो । प्रहरीले उनको खोजीमा...

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित दुई छुट्टाछुट्टै स्थानबाट शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले धादिङ र बारा गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले धादिङको गजुरी गाउँपालिका–८ चालिसेबाट अवैध लागूऔषध गाँजा १० केजीसहित एक जनालाई पक्राउ गरेको छ ।...

जनमत पार्टीको केन्द्रीय समिति विस्तार

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति विस्तार भएको छ । बिहीबार राति अबेरसम्म बसेको सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । यो पटक सो पार्टीको केन्द्रीय समितिमा दुई सय भन्दा बढी केन्द्रीय सदस्य थप गरिएको छ । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४...

चन्द्रगढी उडेको जहाजमा प्राविधिक समस्या आएपछि…

काठमाडौं । बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को...