दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण ८, सोमबार ०८:२८
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट वेलकोटगढी नगरपालिका–९ घर भई हाल काठमाडौँ बालुवाटार बस्ने २३ वर्षीय शिवसुन्दर गजुरेल रहेका छन् ।

प्रहरीका अनुसार, आइतबार काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक गजुरेल गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नयाँबजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।