हेटौंडामा अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ सापकोटा टोलमा अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ ।
सोही वडाको चौगडा बस्ने अन्दाजी ३० वर्षीय पुर्णबहादुर परियारको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, परियार शनिबार अचेत अवस्थामा भेटिएका थिए । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीको टोली उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मुत्यु भएको हो ।
