हेटौंडाबाट तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ७, आईतवार १७:००

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाईन्टबाट अबैध मदिरासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देश भारत बिहार मौजफपुर रामनगर ग्राम बस्ने अन्दाजी ३५ वर्षीय चन्दन साह, देश भारत बिहार सितामढी बस्ने २४ वर्षीय सुनिल कुमार र देश भारत बिहार सितामढी मेसोले ग्राम बस्ने ४० वर्षीय रतन साह रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

भैरहवा बुटवल हुँदै भारत सितामढीतर्फ जाँदै गरेको डिएल ८ सिएएफ ५८३७ नम्बरको इण्डियन कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारबाट अबैध रुपमा भन्सार छली ल्याएको ३७८ बोतल मदिरा बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।