सर्पको टोकाईबाट किशोरको मृत्यु
दाङ । दाङमा सर्पको टोकाइबाट सोमबार बिहान एक किशोरको मृत्यु भएको छ ।
मुत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका–७ मामाघरमा बस्दै आएका १६ वर्षीय मनोज वली रहेका छन् ।
बिहान १ बजेतिर सर्पले टोक्दा वली गम्भीर बिरामी भएका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो ।
