समाचार
निर्वाचन आयोगद्वारा ५१ दल कारबाहीमा
काठमाडौं । निर्वाचन आयोगले कानून बमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने ५१ राजनीतिक दललाई कारबाही गरेको छ । आयोगको कारबाहीमा पर्नेमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन् । आयोगको कानून तथा राजनीतिक...
बागमती प्रदेशमा भाडा समायोजन ढिलाई
हेटौंडा । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनको भाडा दर सोमबारदेखि लागू हुने गरी घटाइसकेको छ । श्रम, रोजगार तथा यातायात...
मकवानपुरगढीस्थित एक घरमा आगलागी, ७ लाखको क्षति
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ सिम्लेस्थित एक घरमा सोमबार साँझ आगलागी भएको छ । स्थानीय पाण्डप श्रेष्ठको काठ र ढुङगा माटोले बनेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, श्रेष्ठ हाल काठमाडौं बसोबास...
मकवानपुरमा दुई जना मृत फेला
मकवानपुर । मकवानपुरमा सोमबार एकैदिन दुई जनाको शव फेला परेको छ । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा गरी दुई जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । जिल्लको इन्द्रसरोबर गाउँपालिका वडा नम्वर ४ पुरण्डिस्थित सोमबार एक जना युवती मृत अवस्थामा फेला...
एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । छलफलमा सहभागी नेताहरुले समसामयिक घटनाक्रम, संगठन...
दुर्घटनामा परेर हेटौंडाका दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा सोमबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सडक किनारमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मृत्यु हुनेमा हेटौंडा–१० बस्ने ६३ वर्षीय लालबहादुर...
ललिता निवास प्रकरण: बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ हुने
काठमाडौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी,...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भएपनि एक वर्षपछि आज बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय...
खैरो हेरोईनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा २ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईनसहित प्रहरीले सोमबार बिहान एक जनालाई क्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोईन ४८ ग्रामसहित भारतको सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशन कुमार पासवानलाई पक्राउ गरेको हो । उनलाई प्रहरी प्रभाग नागढुंगा र लागू औषध...










