समाचार
ट्रक दुर्घटना हुँदा दुई जना घाइते
घोराही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । रुपन्देहीको भैरहवाबाट रासायनिक मल लिएर बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक लमही नगरपालिका वडा नम्बर ९ स्थित शिवखोलाको पुलबाट खोलामा खसेर दुर्घटना हुँदा दुई...
एमालेको कार्यबाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई
काठमाडौं । नेकपा एमालेको कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएका हुन् । साथै उनले पार्टी संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन् । अध्यक्ष ओली गएराति नै...
एमालेका अध्यक्ष ओली कम्बोडिया प्रस्थान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको ६ सदस्यीय टोली कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । टोलीमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा हाल मन्त्रीपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आव्हानमा बसेको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन । पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड...
कुवेतमा एक जना नेपालीको ज्यान गयो
काठमाडौं । कुवेतमा एक नेपाली कामदारको ज्यान गएको छ । तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मानबहादुर भुजेलको ज्यान गएको त्यहाँस्थित प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन गर्ने मेसिनमा च्यापिएर ज्यान गएको हो । विगत १६ वर्षदेखि...
डेंगू संक्रमण ह्वातै बढ्यो
काठमाडौं । पछिल्लो समय डेंगू संक्रमण ह्वातै बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेंगू संक्रमण उच्च रुपमा पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार, देशभर पछिल्लो एक हप्ता यता संक्रमण बढेको पाइएको छ । लगातार परिरहेको पानीले गर्दा सरसफाइमा...
कांग्रेस केन्द्रीय समिति आज पनि बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका पहाडी...
ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुने
काठमाडौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका...
विषालु च्याउ खाँदा २ जना बिरामी
दाङ । दाङमा मंगलबार बिहान विषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् । जिल्लाको गढवा गाउँपालिका– ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी श्रीमती ७६ वर्षीया छुकनी चौधरी जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका हुन् । बिहान खाना खाएका दुवै जनालाई १२ बजे तिर रिंगटा...










