सुन तस्करी प्रकरण : रास्वपाले माग्यो गृहमन्त्री र अर्थमन्त्रीको जवाफ

तु खबर संवाददाता
२०८० श्रावण १०, बुधबार १६:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको जवाफ माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले उक्त प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको जवाफ माग गरेका हुन् । रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको भन्दै नेता लामिछानेले त्यसमा चित्तबुझ्दो जवाफ दिन आग्रह गरे ।

उनले विमानस्थल बाहिर ट्याक्सीमा सुन आएको थाहा पाएपछि त्यही नसमातेर ट्याक्सी मालिकको पुगेपछि समातेको भए मालिक पक्राउ गर्न सकिनेतर्फ किन ध्यान नपुर्याएको भन्दै प्रश्न गरे ।