समय सीमाभित्रै बजेट कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट कार्यान्वयन तोकिएको समयसीमा भित्रै गर्न सरकारका सचिवहरुलाई निर्देशन दिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार नेपाल सरकारका सबै मन्त्रालयका सचिवललाई अर्थमा डाकेर आगामी साउन १५ बाट समय सीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिए ।
छलफलमा मन्त्री डा. महतले डीपीआर भइसकेका आयोजनाको मात्र अहिले ठेक्का प्रकृया अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले धेरै ठूलो आवश्यकताको बिचमा सीमित स्रोतमा काम गर्दैछौं भन्ने विषय नबिर्सन समेत सबैलाई निर्देशन दिए ।
स्रोत सुनिश्चिता नभएको आयोजना अगाडि नबढाउन मन्त्रालयका सचिवहरुलाई अर्थमन्त्री डा. महतले निर्देशन दिए ।
