एसियाली खेलकुद अन्तरगत रग्बीको खेलाडीमा मकवानपुरका बिक्रमसहित १२ जना
मकवानपुर । चीनमा हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी प्रतियोगिताको अन्तिम खेलाडीको नामावली सार्वजनिक गरिएको छ ।
चीनको होङझावमा हुने प्रतियोगितामा १२ जना नेपाली खेलाडीको अन्तिम नामावली सार्वजनिक भएको हो । जसमा मकवानपुरबाट पनि एक जना खेलाडीले स्थान पाएका छन् ।
प्रतियोगितामा राष्ट्रिय टोलीका मकवानपुरे प्रतिनिधि बिक्रम भारतीले एसीयाली खेल खेल्ने भएका हुन् । हेटौंडा–९ निवासी भारती विगत केही वर्षबाट राष्ट्रिय टोलीमा नियमित सदस्यको रुपमा रहेका छन् ।
यसैगरी, अन्य खेलाडीहरुमा क्रमशः विवेश बशु, विक्रम पुरी, विराट श्रेष्ठ, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पूजन फेवाल, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी रहेका छन् ।
