एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

तु खबर संवाददाता
२०८० श्रावण १०, बुधबार १७:१२
file-photo

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठ स्थगित भएको छ । बैठक आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी गरी अवरुद्ध गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।