जनमतद्वारा केन्द्रीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८० श्रावण ९,मंगलवार १९:१६
file-photo

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन १८ गते बिहीबार बस्ने गरी आश्वान गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिए ।

बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो लिएर उपस्थित हुन पार्टीले निर्देशन दिएको छ ।