आन्तरिक राजस्व कार्यालय हेटौंडाद्वारा साढे ६ अर्ब रुपैयाँको राजस्व संकलन
मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ बराबरको आन्तरिक राजस्व संकलन गरिएको छ ।
जिल्लामा गत आर्थिक वर्ष २०७९–०८० को अवधिमा विभिन्न स्रोतको राजस्वतर्फ रु ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय हेटौंडाले जनाएको छ ।
कार्यालयका कर अधिकृत अवधेश कुमार यादवका अनुसार, सो अवधिमा अन्तः शुल्कतर्फ रु ३ अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करमा रु १ अर्ब ९ करोड ५ लाख १९ हजार र आर्यकरतर्फ रु १ अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व संकलन गरिएको छ ।
यसैगरी, सो कार्यालयले स्वास्थ्य सेवा करतर्फ रु ६६ करोड ४० लाख ७५ हजार, व्याज करतर्फ रु ६ करोड ३५ हजार, घरभाडा करतर्फ रु २ करोड ५१ लाख ६१ हजार र शिक्षा करतर्फ रु ७ हजार राजस्व संकलन गरेको कर अधिृकत यादवले जानकारी दिए ।
उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८–०७९ को तुलनामा यस वर्ष २०७९–०८० मा वार्षिक लक्ष्यभन्दा करिब ४० करोड १४ लाख ४७ हजार रुपैयाँ थप रकम आम्दानी गरेको कर अधिकृत यादवले बताए ।
सो कार्यालयले अघिल्लो आव २०७८–०७९ मा रु ६ अर्ब २७ करोड ७४ लाख १४ हजार कुल राजस्व संकलन गरेको थियो ।
