लागूऔषधसहित हेटौंडाका एक युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार साँझ हेटौंडाबाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, म्याजिक चोकबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा–१५ फारलाईन बस्ने २२ वर्षीय रबि बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
सोमबार साँझ बाटोमा हिडिरहेका उनलाई चेकजाँच गर्दा उनको साथबाट ५ दशमलव २ ग्राम ब्राउन सुगर बरामद भएपछि निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
