चिनियाँ कम्यूनिष्ट नेता युआन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० श्रावण ९, मंगलवार ११:५४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्यूनिष्ट पार्टीका नेता युआन च्याचिनबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका बेला चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेट गरेका हुन् ।

भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको नेकपा एमालेले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन साउन ७ गते काठमाडौं आएका थिए । उनले इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल सम्वाद गरेका थिए ।

तीन दिने भ्रमणको क्रममा युआनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायतसँग भेटवार्ता गरेका थिए ।