मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी दुर्घटना हुँदा ११ जना घाइते
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा अन्तरगत पर्ने भरतपुर महानगरपालिका–२९ चौधकिलो पुल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
बिहान साढे ७ बजेतिर नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, घाइते सबैको अवस्था सामान्य रहेको छ ।
