राजनीति/ समाज

राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो

हेटौंडा, २० पुस । रसुवाबाट निर्वाचित प्रदेशसभा सदस्य शान्ति थिङ प्रदेश ३ को राजधानी र नाम टुंग्याउने मतदानमा सहभागी नहुने भएकी छिन् । नेकपाबाट निर्वाचित हुने उनी रसुवाकी एकमात्र सांसद हुन् । विश्वस्त स्रोतले दिएको जानकारी अनुसार थिङ हाल क्यानडामा छिन् । पुस २२ गते हुने मतदान प्रक्रियामा उनी...

नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल

हेटौंडा, २० पुस ।  हेटौंडास्थित मुख्यमन्त्री निवासमा जारी सत्तारुढ दल नेकपा संसदीय दलको बैठकमा ५ जनाले बोल्न बाँकी छ । ६२ जनाले बैठकमा बोल्नको लागि नाम टिपाएकोमा समाचार तयार पार्दासम्म ५७ जनाले आफ्नो धारणा राखेका छन् । शुक्रबार दिउँसोदेखि जारी बैठक आइतबार हालसम्म चलिरहेको छ । राजधानी हेटौंडा राख्ने...

प्रजातन्त्र सेनानी संघ मकवानपुरद्वारा ४२ जना बृद्धबृद्धा सम्मानित

हेटौंडा, २० पुस । नेपाली काँग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ मकवानपुरले ७५ वर्ष पुगेका ४२ जना बृद्धबृद्धालाई सम्मान गरेको छ । संघको आईतबार भएको जिल्ला भेलाले समिति विस्तारका साथै ७५ वर्ष पुगेका ४२ जना बृद्धबृद्धलाई सम्मान गरेको हो । संघका जिल्ला अध्यक्ष दामोदर सुवेदीको सभाध्यक्षता एवं संघका...

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ३ मा नेकपा र काँग्रेसद्वारा उम्मेदवारी दर्ता

ललितपुर, २० पुस । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश ३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचनको लागि आईतबार नेकपाका तर्फबाट वेदुराम भुसाल र गंगा बेल्बासेले उम्मेदवारी दर्ता गराएका हुन् भने काँग्रेसका तर्फबाट छलीकुमारी उपाध्याय र...

प्रदेश ३ को राजधानी : प्रदेशसभा सांसदलाई गलपासो

प्रदेश नं. ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई गलपासो बनेको छ । प्रदेश नं.३ को स्थायी राजधानी र नाम टुङ्याउन हेटौंडामा यतिखेर प्रदेशसभादेखि पार्टीसमेतमा मत विभाजित हुँदा प्रदेशसभा सदस्यलाई उक्त विषय गलपासो बनेको आज अधिकांश प्रदेशसभा सदस्यहरूले गुनासो गरेका छन् । प्रदेश नं. ३ भित्रका १३ जिल्लामध्ये...

‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला

हेटौंडा, २० पुस । हेटौंडामा भोली सोमबार सबै प्रदेशसभा सांसदहरुलाई फूलमाला लगाइने भएको छ । हेटौंडास्थित सबै राजनीतिक दलका युवा, विद्यार्थी संगठन तथा सामाजिक संघसंस्थाका युवाहरुले सांसदहरुलाई हेटौंडा राजधानी बनाउन रचनात्मक दबाब स्वरुप फूलमाला लगाइने भएको हो । आज हेटौंडामा युवाहरुको भेला बस्दै प्रदेशसभा भवन अगाडि बसेर उपस्थित सबै...

हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !

हेटौंडा, २० पुस । राजधानी र नामाकरणको विषयमा पार्टीको सचिवालयले गरेको निर्णयअनुसार नेकपाका प्रदेश ३ का सांसदहरु अगाडि बढ्ने भएका छन् । शुक्रबारबाट सुरु भएको प्रदेश ३ को नेकपा संसदीय दलको बैठकको पहिलो दिनमा काभ्रेको पक्षमा सांसदहरु उभिएका थिए भने शनिवार अधिकांश सांसदहरुले पार्टीको निर्णय अनुसार हेटौंडालाई नै राजधानी...

हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन

हेटौंडा, २० पुस । प्रदेश ३ को राजधानी र नामकरण टुङ्ग्याउन सत्तारुढ नेकपाको संसदीय दलको बैठक शुक्रबारदेखि जारी छ । शुक्रबार दिउँसो २ बजेबाट मुख्यमन्त्रीको निजी सरकारी निवासमा बसेको बैठक शनिबार दिनभर बसेको थियो । बैठक आज आइतबार बिहान १० बजेदेखि बस्दैछ । नेकपा सचिवालयले प्रदेश ३ को राजधानी...

राजधानीको विषयमा संसदीय दलको निर्णय आज

हेटौंडा, २० पुस । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक ३ दिनसम्म लम्बिएको छ । शुक्रबार दिउँसो २ बजेदेखि सुरु बैठक शनिवार पुनः बसेको थियो । शनिवार बसेको बैठकले आइतबार बिहान १० बजेसम्मको लागि बैठक स्थगित गरेको छ । मुख्यमन्त्री निवासमा भएको बैठकमा शुक्रबार १७ जना र...

हेटौंडामा संसदीय दलको बैठक आइतबार बस्ने गरी स्थगित

हेटौंडा, १९ पुस । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक ३ दिनसम्म लम्बिएको छ । शुक्रबार दिउँसो २ बजेदेखि सुरु बैठक शनिवार पुनः बसेको थियो । शनिवार बसेको बैठकले आइतबार बिहान १० बजेसम्मको लागि बैठक स्थगित गरेको छ । मुख्यमन्त्री निवासमा भएको बैठकमा शनिवार २३ जनाले आफ्नो...