राजनीति/ समाज

हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै

हेटौंडा, १७ पुस । प्रदेश ३ का प्रदेशसभा सदस्यहरुले प्रदेश राजधानी हेटौंडा हुन नदिन जोड दिएका छन् । पुस २१ र २२ गते हुने प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानी छनोट निर्वाचनमा सत्तारुढ र कांग्रेसका प्रदेश सांसदले काभ्रेलाई राजधानी बनाउने गरी आन्तरिक तयारी गरेका छन् । नेकपाका सांसदहरुको प्रयासलाई...

हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत

हेटौंडा, १७ पुस । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक आज शनिवार सुरु भएको छ । शुक्रबार दिउँसोदेखि सुरु बैठक आज शनिवार ११ बजे बस्ने गरी स्थगित भएको थियो । बैठक निर्धारित समयभन्दा केही बेर ढिलो सुरु भएको छ । नेकपा प्रदेश ३ इञ्चार्ज अष्टलक्ष्मी शाक्यलगायतका नेता...

हेटौंडामा आज पुनः संसदीय दलको बैठक बस्दै

हेटौंडा, १९ पुस । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक आज शनिवार पुनः बस्दैछ । शुक्रबार दिउँसोदेखि सुरु बैठक आज पुनः बस्ने गरी स्थगित भएको थियो । मुख्यमन्त्री निवासमा दिउँसो साढे २ बजेदेखि सुरु बैठक साँझ ६ बजेसम्म चलेको थियो । बैठकमा २४ जनाले बोल्न नाम टिपाएका...

गौतम गएनन्, श्रेष्ठले बिर्से बाचा

राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न शुक्रबार बिहान नेकपा सचिवालय बैठकमा गरमागर्मी बहस चल्यो। आकांक्षी करिब डेढ सयकोनाम एकातिर थियो, सचिवालय बैठकको बहस अर्कैतिर । बैठक पार्टीका प्रस्तावित उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य बन्ने या नबन्नेमै केन्द्रित भयो। उनीहरूका विषयमा बिहान १० बजेतिर जब...

राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस

हेटौंडा, १९ पुस । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलले ३ वटा निर्णय गर्दै शुक्रबार काठमाडौंमा बसेको बैठक सकाएको छ । बैठकले प्रदेशको स्थायी राजधानी चयनका क्रममा प्रदेशसभा सदस्यलाई व्हिप नलगाउने निर्णय गरेको छ । दलको बैठक पुस २१ गते साँझ हेटौंडामा बस्ने निर्णय गरेको छ । बैठकमा...

हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित

हेटौंडा, १७ पुस । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक भोली शनिवार पुनः बस्ने गरी स्थगित भएको छ । मुख्यमन्त्री निवासमा दिउँसो साढे २ बजेदेखि सुरु बैठक साँझ ६ बजेसम्म चलेको थियो । बैठकमा १७ जना प्रदेशसभा सदस्यहरुले प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा आफ्नो धारणा...

राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल

हेटौंडा, १७ पुस । प्रदेश ३ को सत्तारुढ नेकपा संसदीय दलको बैठक हेटौंडामा जारी छ । मुख्यमन्त्री निवासमा दिउँसो साढे २ बजेदेखि सुरु बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले पार्टीको निर्णय मानेर अघि बढ्नु पर्ने नेकपाका सांसदरुहलाई बताएका छन् । बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा नेकपा केन्द्रीय सचिवालयको...

राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै

हेटौंडा, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यसविषयमा समर्थन र विरोध हुँदै आइरहेको छ । नेकपा सचिवालयको निर्णयलाई प्रदेशसभाबाट पारित गर्न प्रदेशसभा बैठक २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ ।...

प्रदेश ३ बाट वेदुराम भुसाल राष्ट्रियसभा उम्मेदवार (सूचिसहित)

हेटौंडा, १८ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले राष्ट्रियसभा निर्वाचनको उमेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले माघ ९ गते हुने निर्वाचनका लागि उमेदवारको नामावली टुङ्गो लगाएको हो । प्रदेश ३ बाट नेकपा स्थायी समिति सदस्य वेदुराम भुसाललाई राष्ट्रियसभा उमेदवार बनाउने निर्णय गरेको...

प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते

हेटौंडा, १७ पुस । प्रदेश ३ को कार्यव्यवस्था परामर्श समितिको बैठकले यही पुस २१ गते बस्ने प्रदेशसभा बैठकमा लैजाने एजेण्डा तय गरेको छ । बैठकले पुस २१ गते प्रदेशको नामाकरणका लागि प्रस्ताव माग्ने निर्णय गरेको छ । प्रदेश ३ को राजधानीका विषयमा भने पुस २२ गते मात्र निर्वाचन गर्ने...