राजनीति/ समाज

‘प्रदेश ३ को नाम बाग्मती राखे द्वन्द्व निम्तिन्छ’

हेटौंडा, १५ पुस । संघीय समाजवादी फोरम, मकवानपुरले प्रदेश ३ को नाम बाग्मती राखे द्वन्द्व हुने चेतावनी दिएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै फोरमले नेवाः ताम्सालिङ प्रदेश अबिलम्ब घोषणा गर्न माग गरेको छ । यदी फोरमको मागलाई व्यवास्था गरी बाग्मती नै कायम गरे देशमा घटना निम्तिने चेतावनी...

प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

हेटौंडा, पुस १४ । भर्खरै सकिएको प्रदेश नं. ३ मन्त्रीपरिषद् बैठकले आउँदो पुस २१ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुखलाई सभाको बैठक बोलाउन सिफारिस गरेपछि प्रदेश प्रमुखले सभा आह्वान गर्ने व्यवस्था छ । नेकपाको केन्द्रीय सचिवालय बैठकले ३ नं. प्रदेशको...

प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने

हेटौंडा, पुस १४ । प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले पुसभित्रै प्रदेशको राजधानी र नाम संसदबाट टुंगिने बताएका छन् । पुसको अन्तिमसम्म प्रदेशसभाको बैठकले राजधानी र नामको टुङ्गो लगाउने उनले बताए । ‘पुसभित्रै प्रदेशसभा बैठकले छलफल र मतदानको प्रक्रिया सकेर राजधानी र नाम टुंगो लगाउला ।–’ तु खबरसँग कुरा...

अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने

हेटौंडा, १४ पुस । आज सोमबार प्रदेश ३ सरकारको मन्त्रीपरिषद् बैठक बस्दैछ । साँझ ६ बजे बस्ने मन्त्रीपरिषद् बैठकले प्रदेशसभा बैठक तोक्ने जनाइएको छ । मन्त्रीपरिषद् बैठकले प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गर्नेछ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती...

‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे

हेटौंडा, १४ पुस । प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने गरी प्रक्रिया अघि बढाउन नेकपा केन्द्रीय सचिवालयले गरेको निर्णयप्रति नेकपाकै प्रदेशसभा सदस्यहरुले आफ्नो असन्तुष्टि सार्वजनिक रुपमै व्यक्त गर्न थालेका छन् । प्रदेश ३ का प्रदेशसभा सदस्य, प्रभावशाली नेता तथा पूर्वमन्त्री राजेन्द्र पाण्डेले नेकपाको सचिवालय बैठकले संविधानले...

हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा

हेटौंडा, १४ पुस । प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने गरी प्रक्रिया अघि बढाउन नेकपा केन्द्रीय सचिवालयले गरेको निर्णयको पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्वागत गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश ३...

जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा

हेटौंडा, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड १० मंसिरमा हेटौंडा आए । उनी मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र मन्त्रीहरूसँगको करिब पौने घन्टा लामो भेटघाटमा बसे । प्रचण्डले भेटमा भनेका थिए, ‘प्रदेश–३ को राजधानी हेटौंडा र नाम बाग्मती उपयुक्त हुन्छ ।’ सुरक्षा र संरचनाको कारणले...

‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’

हेटौंडा, पुस १३ । प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने गरी प्रक्रिया अघि बढाउन नेकपा केन्द्रीय सचिवालयले गरेको निर्णयप्रति सोही पार्टीका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । काभ्रे राजधानी बनाउन प्रस्ताव दर्ता गरेका नेकपा प्रदेशसभा सांसद चन्द्र लामाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै विधि प्रक्रिया र संविधानले...

हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ

हेटौंडा, १३ पुस । प्रदेश नं. ३ का प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले आइतबार नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकको निर्णयलाई स्वागत गरेका छन् । प्रदेश ३ को राजधानी हेटौंडा बनाउने र नाम बागमती राख्ने निर्णय गरेकोप्रति धन्यवाद व्यक्त गर्दै उक्त निर्णयको स्वागत गरेको बताए । तु खबरसँग कुरा...

नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती

हेटौंडा, १३ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा...