राजनीति/ समाज

काँग्रेसको तेश्रो चरणको जागरण अभियान कार्यक्रम केही दिनको लागि स्थगित

मकवानपुर, ३ पुस । नेपाली कांग्रेसको यही पुस ७ गतेबाट सुरु गर्ने भनिएको तेश्रो चरणको जागरण अभियान कार्यक्रम स्थगित गरेको छ । हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्र्तगत पुस ७ गतेदेखि सुरु भई पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन समापन हुने भनिएको कार्यक्रम...

दाहाल निवासमा छुट्टै बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ। सोमबार दिउँसो स्थायी कमिटी बैठक सुुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो। स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष दाहालबाट प्रस्तुत राजनीतिक...

नेकपा मकवानपुरद्वारा जिम्मेवारी बाँडफाड

हेटौंडा, १ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाड गरेको छ । बैठकले पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, १० वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत बाँडफाड गरेको सोमबार पत्रकार सम्मेलनमार्फत नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी...

धार्मिक एकता र समानता भए मात्र समृद्ध नेपाल बन्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, १ पुस । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धार्मिक एकता र समानता भए मात्र समृद्ध नेपाल सुखी नेपाली साकार हुने बताएका छन् । पास्टर एकता जागृति अभियानको आयोजनामा हेटौडा १५ मा ख्रिष्टमस उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले नेपाल बहुभाषिक, बहु सास्कृतिक, बहुजातिय...

काँग्रेसभित्र १४ औँ महाधिवेशनलक्षित शक्ति संघर्ष तीव्र

नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो । संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा...

नेकपाको स्थायी समिति बैठक आज बस्दै

काठमाडौँ, २९ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज आइतबार बस्दैछ । गत मङ्सिर २३ मा बसेको नेकपा सचिवालय बैठकले मंसिर २९ गते आईतबारका लागि स्थायी समिति बैठक बस्ने निर्णय गरेको थियो । सोही अनुरुपमा नेकपा स्थायी समितिको बैठक आज दिउँसो १ बजे बस्ने...

काँग्रेसभित्र गुट उपगुट अन्त्य हुनुपर्छ : कोइराला

हेटौंडा, २९ मंसिर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइरालाले नेपाली काँग्रेस भित्र गुट उपगुट विकास हुँदा पार्टीलाई धक्का पुगेको बताएकी छन् । शनिबार हेटौंडामा गिरिजाप्रसाद कोइराला फाउन्डेशन मकवानपुरको जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको...

नेकपा सचिवालयको बैठक स्थगित

काठमाडौं, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आज बस्ने भनिएका बैठक स्थगित भएको छ । मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो । आज बस्ने तय भएको बैठक नेताहरुको...

मुख्यमन्त्री पौडेलद्वारा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन

मकवानपुर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले रङ्गशाला निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको जानकारी दिए । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि विनियोजन गरेको पाँच करोड रुपैंया भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिँदै...

सुशासन कार्ययोजनाको चाङ, कार्यान्वयन फितलो

सुशासनलाई उच्च प्राथमिकतामा राख्दै प्रदेश ३ सरकारले धमाधम कार्ययोजना बनाए पनि कार्यान्वयन फितलो देखिएको छ । प्रदेश सरकार गठनपछि हालसम्म सुशासनसँग सम्बन्धित ३६ योजना सार्वजनिक गरेको छ । तर, अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । सरकार गठन हुनासाथ मुख्यमन्त्री डोरमणि पौडेलले सुशासनलाई बलियो बनाए मात्र सफल हुने दाबी गर्दै यसका लागि...