राजनीति/ समाज

हेटौँडामा जी.पी. कोईरालाको जिवनमा आधारित वृत्तचित्र प्रस्तुत हुने

हेटौँडा, २६ मंसिर । जी.पी. कोईराला फाउण्डेसनको आयोजनामा हेटौँडामा स्व. गिरिजा प्रसाद काईरालाको जीवन घटनाको कालखण्डमा आधारित वृत्तचित्र प्रस्तुत हुने भएको छ । स्व.कोईरालाको जीवन घटनाको कालखण्डमा आधारित वृत्तचित्र यही मंसिर २८ गते शनिबार हेटौँडामा प्रस्तुत हुने भएको आयोजकले आज बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।...

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा भोलिदेखि शुरु हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए...

प्रदेश ३ का सभामुख र सांसदबीच जुहारी

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले मंगलबार गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा सभाभुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सदस्यबीच जुहारी चलेको छ । लामो समय प्रदेशसभा बैठक नबोलाएको भन्दै कडा व्यंग्य प्रहार गरेका उनीहरूले सभाुमखलाई र्याखर्याख्ती पारे । सांसद मीना ज्ञवालीले प्रदेशसभा बैठक नै नबोलाएका कारण यस्तै...

उपसभामुखलाई राजीनामा गराउँदै नेकपा : को बन्दैछ सभामुख ?

नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ। पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्। उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ। यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख...

प्रदेश सरकारले १३ वटै जिल्लामा देखिने गरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, २४ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा देखिने गरी काम भइरहेको बताएका छन् । मंगलबार चितवनको मेघौलीमा बन्ने राइनो पार्कको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले २१ महिनाको अवधिमा प्रदेश सरकारले हरेक जिल्लामा देखिने गरी काम गरिरहेको बताएका हुन् । उनले...

काँग्रेस मकवानपुरको ३ गाउँपालिकामा सभापति चयन, भीमफेदीमा श्रेष्ठ

हेटौंडा, २४ मंसिर । नेपाली काँग्रेस मकवानपुरले मकवानपुरका ३ गाउँपालिका सभापत चयन गरेको छ । केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले स्थानीय तहअन्तरगत सभापति चयन गर्न बाँकी ५ गाउँपालिका मध्ये ३ गाउँपालिकाको सभापति चयन गरिएको जानकारी दिए । समायोजनसंगै नेपाली काँग्रेस क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका सभापतिमा...

नेकपा हेटौँडा नगरका अध्यक्ष र सचिवद्वारा सपथ ग्रहण

हेटौँडा, २४ मंसिर । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकताका क्रममा हेटौंडा उपमहानगरपालिका अन्र्तगतका १९ वटा वडाका अध्यक्ष र सचिवले सपथ ग्रहण गरेका छन् । सोमबार नेकपा हेटौंडा नगर वडा कमिटीमा रहेका अध्यक्ष र सचिवलाई पार्टीका केन्द्रीय सदस्य कुमारी मोक्तानले सपथग्रहण गराएकी हुन् । उनले सपथ ग्रहण गराउँदै...

नेकपाको नयाँ कार्यदिशा : वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादतर्फ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी .(नेकपा) ले आफ्नो विधान संशोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने गरी पार्टीको नयाँ कार्यदिशा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्दै कार्यदिशा परिवर्तन गर्ने निर्णय गरेको हो...

प्रदेश ३ सरकारले प्रदेश भित्रका साग विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने

मकवानपुर, २३ मंसिर । प्रदेश नं. ३ सरकारले प्रदेश भित्रका सागमा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । सोमबार (आज) बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशभित्रका साग विजेता खेलाडीलाई नगलसहित सम्मान गर्ने निर्णय गरेको हो । बैठकले स्वर्ण ल्‍याउने पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत ल्‍याउने खेलाडीलाई जनही...

‘पैसाको कारोबार गर्नु मात्रै नभई दायित्व निर्वाह नगर्नु पनि भ्रष्टाचार हो’ : मुख्यमन्त्री पौडेल

मकवानपुर, २३ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पैसाको कारोबार गर्नु मात्रै नभई सबै नेपालीहरूले आफ्नो पदिय दायित्व निर्वाह नगर्नु पनि भ्रष्टाचार भएको बताएका छन् । भ्रष्टाचार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा सोमबार (आज) हेटौँडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले...